• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


दीर्घरोगी विरामीका लागि औषधि उपचार बापत खर्च उपलब्ध गराउने देउवा सरकारको निर्णय

दीर्घरोगी विरामीका लागि औषधि उपचार बापत खर्च उपलब्ध गराउने देउवा सरकारको निर्णय

images

प्रभाव न्यूज

१६ चैत्र २०७८
  • 52.4K
    SHARES
  • images
    दीर्घरोगी विरामीका लागि औषधि उपचार बापत खर्च उपलब्ध गराउने देउवा सरकारको निर्णय
    images
    images
    images

    काठमाडौं - सरकारले ४ प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रुपमा ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो।

    सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्नका लागि जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ दिएको अधिकार प्रयोग गरी कार्यविधि नै बनाएर निर्णय कार्यान्वयनको बाटो खुलाएको मन्त्रालय सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै औषधि उपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि २०६८ स्वीकृत गरिएको हो।

    सो कार्यविधिलाई तुरुन्त लागू गर्न भन्दै नीति, योजना तथा अनुगमन महाशाखाले देशभरका ७५३ स्थानीयबाट रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images

    सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले त्रैमासिक रुपमा महिनाको अन्तिम दिन एकमुष्ट १५ हजार स्थानीय तहले बिरामीको बैंक खातामा जम्मा गर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

    images

    images
    images

    प्रकाशित :चैत्र १६, २०७८ बुधवार - २०:०३:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij