• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन –गगन थापा

कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन –गगन थापा

images

प्रभाव न्यूज

२१ आश्विन २०८३
  • 4.4K
    SHARES
  • images
    कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन –गगन थापा
    images
    images
    images

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन् ।

    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेल लगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।

    ‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

    उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गरे । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ छ ।

    images

    थापाले यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गर्ने बताए । उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताएका छन् ।

    images

    सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहकझ निर्वाचनसम्म दिनरात खटिने बताए ।

    images
    images

    प्रकाशित :आश्विन २१, २०८३ बुधवार - १९:३१:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij