• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


खोटाङको चिसापानी बजारमा अचाक्ली कालोबजारी, अनुगमन निकाय मौन

खोटाङको चिसापानी बजारमा अचाक्ली कालोबजारी, अनुगमन निकाय मौन

images

प्रभाव न्यूज

११ कार्तिक २०८३
  • 6.2K
    SHARES
  • images
    खोटाङको चिसापानी बजारमा अचाक्ली कालोबजारी, अनुगमन निकाय मौन
    images
    images
    images

    खोटाङ - चाडपर्वको बेला खोटाङको दक्षिणी क्षेत्रको नाकारुपमा रहेको चिसापानी बजारमा अचाक्ली कालोबजारी रहेको पाइएको छ।

    images

    जन्तेढुंगा गाउँपालिकाको वडा नम्बर-५ मा रहेको चिसापानी बजारमा दैनिक उपभोग्य बस्तुदेखि सवारीसाधनमासमेत कालोबजारी रहेको पाइएको हो।

    उदयपुरको बेल्टार, गाइघाट तथा पूर्वी शहरसँग सबैभन्दा नजिक रहेको यो ठाँउमा चामल, चिउरा, दाल, पिठो, मैदा, चिनी, नून र खानेतेलमा अचाक्ली कालोबजारी भएको उपभोक्ताले गुनासो गरेका छन् । दैनिक उपभोग्य बस्तुमा प्रति केजी ५ रुपैयाँदेखि १५ रुपैयाँसम्म लिने गरेको पाइएको हो ।

    खाद्यान्नका अलवा ग्याँसमा पनि कालोबजारी रहेको पाइएको छ । एउटा एलपी ग्याँस सिलिन्डर साट्दा ३२ सय देखि ३४ सयसम्म ब्यापारीले लिने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।

    images

    Photo 4.jpg

    images

    एक उपभोक्ताका अनुसार- "ग्याँसमा अत्याधिक कालोबजारी छ, न त कुनै सरोकारवाला निकायले कारवाही वा अनुगमन नै गर्छ।" कोशी र सुबिधा नामक एलपी  ग्याँस पाइने यहाँ डिलर तथा बिक्रीवितरणको कुनै आधिकारिकता छैन। जथाभावी पसलले बिक्रीवितरण गर्दै आएको र जथाभावी मूल्य लिएर ग्याँसमा सबैभन्दा धेरै ब्रम्हलुट गरेको स्थानीय मिनकुमार कोइरालाले जानकारी दिए ।

    उनले भने-"ब्यापारीले नयाँ ग्याँस सिलिन्डर किन्दा ९ हजारसम्म लिन्छन् खाली सिलिन्डर साट्दा ३२ सयदेखि ४ हजारसम्म लिने मनोमानी छ।" होलसेल तथा किराना पसलबाट उत्तिकै मात्रमा म्याद गुज्रेका सामग्रीसमेत ब्यापक बिक्रीवितरणसमेत हुने गरेको उनको गुनासो छ।

    इलाका प्रशासन कार्यालय खोटाङबजार, सदरमुकाम दिक्तेलका सम्बन्धित निकाय तथा स्थानीय पालिकाले अनुगमन नगर्दा चाडपर्वको बेला दैनिक उपभोग्य सामानमा ब्रम्हलुट भइरहेको स्थानीय राजकुमार बस्नेतले जानकारी दिए।

    उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर- १ छुइला र खोटाङको बराहपोखरी गाउँपालिकाको वडा नम्बर-४ को पौवासेराको बिचमा रहेको दूधकोसी नदिमा पक्की पुल नहुँदा सामान पल्टी गर्नुपर्ने बाध्यता छ ।

    सामान कोसी वारी ल्याउन झोलुङ्गे पुलमार्फत  ठेलाको प्रयोग गरेर ल्याउनुपर्ने बाध्यता छ। तथापि, खाली सिलिन्डर ग्याँस साट्दा २५ सय ५० भन्दा माथि लिनु दु:खद हो।

    यस विषयलाई नियन्त्रण र कारवाही गर्न आवश्यक रहेको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिए। उनले भने-"सामान्यतया पल्टी गर्दा केजीको ६ रुपैयाँदेखि बढीमा ९ रुपैयाँ कायम गरिएको छ। त्यसो हुँदा पनि ग्याँसमा दोब्बर पैसा लिनु कालोबजारी हो।"

    चाडपर्वका बेला बढी चहलपहल र ब्यापार व्यवसाय हुने जिल्लाको त्यो नाकामा जथाभावी मूल्य वृद्धि गरि बिक्रीवितरण गर्ने जो कोहीमाथि  छानबिन गरि कारवाही गरिने प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिए। कालोबजारीको तत्काल अनुगमन र नियन्त्रण गर्छौ, उनले भने।

    इन्धनमा पनि कालोबजारी

    चिसापानी बजारमा इन्धनमा समेत कालोबजारी रहेको पाइएको छ। पेट्रोलको प्रतिलिटर मूल्य २ सय ३५ र डिजेलको प्रतिलिटर २ सय ३५ सम्म ब्यापारीले बिक्री गर्ने गरेको खुलासा भएको छ । 

    बजारभित्रका इन्धन  ब्यापारीले मनपरी तरिकाले डिजेल र पेट्रोलमा प्रतिलिटर २ सय २०, कसैले २ सय २५, कसैले २ सय ३० र  कसैले २ सय ३५ रुपैयाँमा बिक्री गर्दै आएको पाइएको हो।

    स्थानीय गन्जु राईका अनुसार पेट्रोल प्रतिलिटर १ सय ९७.१५ र डिजेल प्रतिलिटर १ सय ९७.१५  मा पाउनुपर्ने हो । तर, यहाँ त दोब्बर नै मूल्य छ। आफूखुशी मूल्य बढाउछन् । यहाँ जुनसुकै क्षेत्रमा आफूखुशी र मनपरि छ।  ब्यवसायीले जथाभावी इन्धन बेच्ने र कृतिम अभाव गराएरसमेत दोब्बर मुल्य लिने गरेकोसमेत राईको भनाई छ। इन्धन ब्यापारीसँग कुनैपनि आधिकारिक डिलर तथा दर्ता प्रमाणपत्रसमेत नभएको एक स्रोतले बताएको छ।

    पठाओको नामदेखि अटोमासमेत ब्रम्हलुट

    आफ्नो ब्यक्तिगत मोटरसाइकललाई पठाओको रुपमा प्रयोग गरेको पाइएको छ। करिव ५० वटा भन्दा बढी पठाओ मोटरसाइकल संचालन हुँदै आएको पाइएको यहाँ यसको आधिकारिक कार्यालय, दर्ता वा नियम बिनै संचालन हुँदै आएको पाइएको छ।

    Photo 2.jpg

    यस्तै, तीन पाङ्ग्रे सवारीसाधन अटोसमेत अबैध तवरबाट संचालन हुँदै आएको हो।  पठाओ र अटोका कतिपय चालकसँग लाइसेन्ससम्म नभएको स्थानीयले बताएका छन् । नत भाडामा नै एकरुपता छ, नत कतिपय पठाओ चालकले हेल्मेट नै प्रयोग गर्छन्, नत प्रहरीले चेकजाँच नै गर्छ, दुर्घटना भयो भने इन्स्योरेन्सको त कुरै छोडौं, एक यात्रुको भनाई छ ।

    २२ किलोमिटर रहेको चिसापानी बजारबाट बंशिलाघाटसम्म बसले पर यात्रु ५ सय र सुमोले ६ सय लिदैं आएको छ। सोही ठाँउसम्म पठाओले ५ हजार र अटोले ८ हजारसम्म लिने गरेको पाइएको छ। यस्तै,  १४ किलोमीटर रहेको खोटाङबजारसम्म पठाओले ५ हजार र अटोले ६ हजार लिदैं आएको छ।

    Photo3.jpg

    पठाओले चिसापानीबाट १ सय ५ किलोमीटर रहेको इटहरी पुर्‍याउँदा १० हजारसम्म लिने गरेको पाएको हो। जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ, स्थानीय सरकार र स्थानीय प्रहरीले अनुगमन, निगरानी तथा नियन्त्रण गर्नमा चासो नदिंदा शृङ्खलाबद्ध कालोबजारी भएको उपभोक्ता र स्थानीयको गुनासो छ ।

    images
    images

    प्रकाशित :कार्तिक ११, २०८३ मंगलवार - १७:१०:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij