• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


उदितनारायणले महिला फ्यानलाई ओठमै किस गरेपछि भारतमा हंगामा

उदितनारायणले महिला फ्यानलाई ओठमै किस गरेपछि भारतमा हंगामा

images

प्रभाव न्यूज

१९ माघ २०८१
  • 8.6K
    SHARES
  • images
    उदितनारायणले महिला फ्यानलाई ओठमै किस गरेपछि भारतमा हंगामा
    images
    images
    images

    काठमाडौं - भारतमा प्रख्यात नेपाली गायक उदितनारायण झा गम्भीर स्क्यान्डलमा फँसेका छन् ।

    images

    उनले स्टेजमा प्रस्तुति दिने क्रममा महिला फ्यानहरूलाई ओठमै किस गरेको भिडियो भाइरल भइरहेको छ। यो भिडियो कहिलेको र कहाँको हो भन्ने खुलेको छैन ।

    भिडियोमा उदितले एक कन्सर्टमा ‘टिपटिप वर्षा पानी…’ बोलको गीत गाइरहेको देखिन्छ। गाउने क्रममा उनले आफूसँग सेल्फी खिच्न चाहने युवतीहरूलाई नजिक बोलाउँछन्। एक युवतीले सेल्फी खिचेपश्चात उदितले उनलाई आफूतिर खिच्छन् र युवतीले उनलाई गालामा चुम्छिन् ।

    लगत्तै उदितले ती युवतीलाई ओठमा दह्रो किस गर्छन् । उदितले यसरी किस गर्दा युवती खुशीले रमाएको भिडिओमा देखिन्छ । साथै भिडले पनि हुटिङ गर्दै उनलाई उक्साएका छन् ।

    images

    उदितले अरू केही महिलालाई पनि यसरी तान्दै किस खाएको देखिन्छ । यो घटनालाई लिएर सामाजिक सञ्जालमा भारतीयले उदितको चर्को आलोचना गरिरहेका छन् । सुरूमा कतिपयले यो भिडिओ एआई निर्मित भएको आशंका गरेका थिए, तर उदित स्वयम्ले यो आफ्नै भएको पुष्टि गरेका छन् ।

    images

    हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले यसलाई ठूलो इस्यु नबनाउन आग्रह गरे । उनले भनेका छन्, ‘फ्यानहरू एकदम दिवाना हुन्छन् । हामी यस्तो खालका होइनौं । हामी भलाद्मी मान्छे हौं ।

    केही व्यक्तिले आफ्नो प्रेम विभिन्न तरिकाले देखाउँछन् । यस्तो कुरालाई बढावा दिएर फाइदा छैन । यसमा ध्यान नदिँदा राम्रो हुन्छ ।’

    images
    images

    प्रकाशित :माघ १९, २०८१ शनिवार - २१:०२:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij