दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक-योललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई घरबाटै पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले उनलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।
दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले उनलाई पक्राउ गरेको समाचारमा उल्लेख छ । युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए तर, विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए ।
पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।
भिडियो बयानमा राष्ट्रपति सुक-योलले आफू भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन सहमत भएको बताएका छन् ।
'अवैध अनुसन्धान भए पनि मैले सीआईओ समक्ष उपस्थित हुने निर्णय गरेको छु। रक्तपात नहोस् भनेर यो निर्णय लिएको छु,' उनले भनेका छन्, 'यद्यपि यसको मतलब यो होइन कि म यो अनुसन्धानलाई सही मान्छु।'