• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


आज २०८० साल माघ ११ गते बिहीबारको राशिफल

आज २०८० साल माघ ११ गते बिहीबारको राशिफल

images

प्रभाव न्यूज

११ माघ २०८०
  • 10.4K
    SHARES
  • images
    आज २०८० साल माघ ११ गते बिहीबारको राशिफल
    images
    images
    images

    मेष : दिन राम्रो छ। साथीसँग गफ गर्ने मौका मिल्नेछ। मनका कुरा साट्ने अवसर प्राप्त हुनसक्छ। व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्र सबल देखिन्छ। परिवारमा खटपटी हुनसक्छ।

    images

    वृष : समय राम्रो छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको मेलमिलापमा घमण्ड आउने देखिन्छ।

    मिथुन : आजको दिन चन्द्रमा दाहिना हुनाले धन लक्ष्मी योग परेको छ। आज धनको घमण्ड नगर्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा समस्या हुने देखिन्छ।

    कर्कट : समय राम्रो छ। हरेक क्षेत्र सकारात्मक रहेकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। धेरै अवसर अगाडि देखिए पनि एउटा क्षेत्र छनोट गर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

    images

    सिंह : दिन संघर्षमय छ। तपाईंले वादविवाद, आरोप-प्रत्यारोप सुन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।

    images

    कन्या : दैनिकी राम्रो छ। दिन रमाइलो हुनेछ। भ्रमण र भेटघाटले मन खुशी हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

    तुला : समय राम्रो छ। तपाईंको डुबेको लगानी उठ्ने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : समय सामान्य छ। संघर्ष गरेर कर्मलाई निरन्तरता दिनुपर्ने छ। हरेक क्षेत्रमा विवाद सुन्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीले भने उत्साह दिनेछ।

    धनु : दैनिकी सामान्य राम्रो छ। आफ्नै बोलीका कारण विवाद हुनेछ। रोजगारीको क्षेत्रमा गरेको लगानीको प्रतिफल राम्रो मिल्नेछ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

    मकर : समय सामान्य छ। ठुला कामको सुरुवात गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा ख्याल नगर्नाले समस्या हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारको साथ र सहयोगले मनमा शान्ति मिल्नेछ।

    कुम्भ : दिन सामान्य राम्रो छ। राम्रा कामको जस अरुले नै लिन्छन्। तपाईंको मन दुःखाउनेहरु सक्रिय छन्। बिहान शिवको भजन सुन्नु राम्रो हुन्छ। पाथिभराको दर्शन वा स्मरण गरेमा सबै समस्या समाधान हुनेछन्। परिवारको साथ मिल्नेछ।

    मीन : दिन राम्रो छ। स्वास्थानी माताको स्मरण गरेमा शिक्षाको क्षेत्र अब्बल रहनेछ। कर्मलाई प्राथमिकता दिएमा दिन रमाइलो हुनेछ। आफन्तसँग भेट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

    images
    images

    प्रकाशित :माघ ११, २०८० बिहिवार - ०७:२२:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij