• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


आजबाट भारतले नेपालसहितका देशलाई कोरोनाको खोप निःशुल्क बाँड्दै

आजबाट भारतले नेपालसहितका देशलाई कोरोनाको खोप निःशुल्क बाँड्दै

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 12.3K
    SHARES
  • images
    आजबाट भारतले नेपालसहितका देशलाई कोरोनाको खोप निःशुल्क बाँड्दै
    images
    images
    images

    दक्षिणी छिमेकी देश भारतले नेपाललाई यसै हप्ताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ ।

    images

    भारतले आज बुधवारदेखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमार लगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न बुधवारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

    भारतस्थित विदेश मन्त्रालयले मंगलवार जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ, ‘छिमेकी देशहरुबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधवारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं ।’ औषधि व्यवस्था विभागले गत शुक्रवार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिने निर्णय गरेको थियो ।

    कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरूमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिने तयारी सरकारको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले नेपालले कोरोना विरुद्धको खोप छिट्टै प्राप्त गर्ने बताएका छन् ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार अनुदानमा खोप आउने भनिए पनि कति आउने भन्ने निर्क्यौल भएको छैन । हालै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा गएका थिए । कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोरोना विरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरिसकेको छ ।

    images

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप प्राप्त भएपश्चात् १ हप्ताभित्र लगाइने बताएका छन् । ‘खोप प्राप्त भएको १ हप्ताभित्र लगाउँछौं । खोप लगाउँदा कसैलाई साइड इफेक्ट देखिए सरकारले उपचार गर्छ,’ प्रवक्ता गौतमले भने । नेपालको कूल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने सरकारको योजना रहेको छ ।

    नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसंख्या रहेको र उनीहरूलाई खोप लगाइने छैन । सरकारले खोप ल्याउन ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    कोरोना विरुद्धको खोप भण्डारणका लागि सरकारले सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - ०८:४०:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij