• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


कांग्रेस नेता शेखर कोइरालाले गरे सरकार ढाल्ने संकेत

कांग्रेस नेता शेखर कोइरालाले गरे सरकार ढाल्ने संकेत

images

प्रभाव न्यूज

२७ श्रावण २०८०
  • 10.3K
    SHARES
  • images
    कांग्रेस नेता शेखर कोइरालाले गरे सरकार ढाल्ने संकेत
    images
    images
    images

    भक्तपुर - सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्।

    images

    नेपाली कांग्रेस भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यकता रहेको तर्क गरे।

    उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औँल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए।

    नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानुनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहो¥याए।

    images

    नेता कोइरालाले पार्टीको भातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला सङ्घको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे। उनले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुनेमा समेत जोड दिए।

    images

    images
    images

    प्रकाशित :श्रावण २७, २०८० शनिवार - १६:५७:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij