काठमाडौं - भारतको ओडिशा राज्यको बालासोर जिल्ला नजिकै भएको रेल दुर्घटनामा २२३ यात्रुको मृत्यु भएको छ। दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका छन्।
बीबीसीका अनुसार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो।
अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको समाचारमा उल्लेख छ।
भारतका रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन्। उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।