लुसाका । दक्षिण अफ्रिकी मुलुक जाम्बियाको साउथ लुआनग्वा राष्ट्रिय निकुञ्जमा देखिएको एउटा दृश्य यतिबेला सामाजिक सञ्जालभर भाइरल बनेको छ ।
घटनाका ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत शरीर च्यापेर बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टाउको चितुवाको मुखभित्र छ।
आफैँ ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाड्न सकिरहेको छैन ।
अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चितुवाहरुले खाइदिन्छन् ।
यो दुःखद् क्षणलाई वाइल्डलाइफ फोटोग्राफर सफिक मुला चिपाता जाम्बियाका ले खिचेका थिए ।
सो दृश्य देखेपछि उनले भनेका छन्, “प्रकृति सधैँ सुन्दर नहुन सक्छ । र यो तस्बिरले पक्कै पनि जीवनको क्रुर वास्तविकता देखाउँछ । दीर्घकालीन वातावरण कायम राख्न, एउटा प्रजाति मरेर अर्कोलाई बचाउनुपर्छ ।” डेलीमेल