• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


सकेट बम विस्फोट हुँदा दुई किशोर घाइते

सकेट बम विस्फोट हुँदा दुई किशोर घाइते

images

प्रभाव न्यूज

३ कार्तिक २०८३
  • 5.9K
    SHARES
  • images
    सकेट बम विस्फोट हुँदा दुई किशोर घाइते
    images
    images
    images

    जुम्ला — जुम्लामा बम विस्फोट हुँदा दुई किशोर घाइते भएका छन् । सोमबार बिहान बम विस्फोट हुँदा हिमा गाउँपालिका–२ ओदी गाउँका १४ वर्षीय बलबहादुर रोकाया र १८ वर्षीय कमल थापा घाइते भएका हुन् ।

    images

    कमलको अवस्था सामान्य रहेको र बलबहादुरको अवस्था अलि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

    सामान्य घाइते कमलको गाउँमै उपचार भइरहेको छ भने बलबहादुरलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । जुम्ला प्रहरी प्रमुख डीएसपी चिरञ्जीवी दाहालले बलबहादुरको खुट्टाको पैतालामा धेरै चोट लागेको बताए ।

    'पाइप काट्ने क्रममा पाइपभित्र रहेको बारुद सल्किएर सकेट बम विस्फोट भएको थियो,' उनले भने, ‘पाइपभित्र धेरै समयपहिले बारुद भरिएको रहेछ । त्यही पाइप काट्न खोज्दा विस्फोट हुन पुग्यो ।’ डीएसपी दाहालले यो सकेट बम द्वन्द्वकालकै रहेको बताए ।

    images

    उनका अनुसार पाइप डेढ मिटरजति लामो थियो । त्यही पाइप खानेपानीको धारा बनाउन प्रयोग गर्ने क्रममा एक्कासि बारुदमा आगो सल्किएर विस्फोट भएको थियो । पाइपको एकतर्फको प्वाल पूर्ण रूपमा बन्द रहेको थियो । गाउँमै बम विस्फोट भएपछि त्रास फैलिएको छ ।

    images

    द्वन्द्वकालमा ओदी गाउँमा तत्कालीन नेकपा माओवादीको जिल्ला कार्यालयसमेत थियो । पाइप घरभित्रै थियो । त्यही पाइप धारामा जडान गर्न काट्ने क्रममा विस्फोट भएको स्थानीय ताराबहादुर रोकायाले जानकारी दिए ।

    images
    images

    प्रकाशित :कार्तिक ३, २०८३ सोमवार - १५:३०:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij