• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


नेर्पा खेलमैदान स्तरोन्नती गर्न वजेट व्यवस्थापन गर्छु : मन्त्री भुपेन्द्र राई

नेर्पा खेलमैदान स्तरोन्नती गर्न वजेट व्यवस्थापन गर्छु : मन्त्री भुपेन्द्र राई

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 7.2K
    SHARES
  • images
    नेर्पा खेलमैदान स्तरोन्नती गर्न वजेट व्यवस्थापन गर्छु : मन्त्री भुपेन्द्र राई
    images
    images
    images

    खोटाङ– कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले नेर्पाको संसारीडाँडामा अवस्थित खेलमैदान स्तरोन्नती गर्न वजेट व्यवस्थापन गर्ने बताउनुभएको छ।

    images

    नेर्पा स्पोर्ट्स क्बल नेर्पाले आयोजना गराएको तेश्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको समापनमा बोल्नुहुँदै मन्त्री राईले आगामी आर्थिक वर्षको वजेटमा खेलमैदान स्तरोन्नतीका लागि वजेट व्यवस्थापन गर्ने बताउनुभएको हो।


    उक्त खेलमैदान नेर्पा स्पोर्ट्स क्लबको मातहतमा छ। खेलमैदानको डिपिआर गरेको भए अहिले नै डिपिआर दिनुहोस, डिपिआर गराउनु भएको छैन भने गराउनुहोस। वजेट व्यवस्थापन म गर्छु। अर्का पटक खेल हेर्न आउँदा कम्तीमा खेलमैदान धुलाम्मे नै भए पनि बजेट छुट्टिएको छ भनेर ढुक्क हुन पाउँ। मन्त्री राईले भन्नुभयो।

    यस्तै, मन्त्री राईले अर्को प्रसंगमा नेर्पाको संसारीडाँडा–बंगुर फर्म–गुप्तेश्वर सडक स्तरोन्नती गर्न चालू आर्थिक वर्षमै वजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

    images

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - २१:५०:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij