• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

images

प्रभाव न्यूज

२५ माघ २०८१
  • 3.3K
    SHARES
  • images
    ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय
    images
    images
    images

    न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। बिबिसीले आफूले प्राप्त गरेको डकुमेन्ट अनुसार सो प्रतिबन्ध वित्तीय तथा भिसासँग सम्बन्धित छ। अमेरिकी, उसका सहयोगी तथा परिवारमाथि छानबिन गर्नेलाई प्रतिबन्ध लगाइएको हो।

    images

    गत नोभेम्बरमा इजरायली प्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई गाजा युद्धका कारण वारेन्ट पत्र जारी गरेका कारण यो प्रतिबन्ध लगाइएको हो। ट्रम्पले आइसिसीमाथि प्रतिबन्ध लगाएको यो नै पहिलो पटक भने होइन। यस अघि उनले अफगानिस्तानसँगको विषयलाई लिएर प्रतिबन्धको निर्णय गरेका थिए।


    सन् २०२० को जुनमा ट्रम्पले आइसिसीका वरिष्ठ अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेका थिए। उनले अफगानिस्तानमा भएको युद्ध अपराधमा संलग्न रहेको भन्दै अमेरिकी अधिकारीमाथि छानबिन भएपछि यसमा सरिक आइसिसी अधिकारी नै प्रतिबन्धको घोषणा गरेका हुन्।

    images
    images

    प्रकाशित :माघ २५, २०८१ शुक्रवार - ०८:५८:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij