काठमाडौं - चीनले अमेरिकामाथि जवाफी कर लगाउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै उत्पादनमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि जवाफी करको घोषणा गरेको हो ।
चीनले केही अमेरिकी उत्पादनमात्र कर लगाउने घोषणा गरेको छ ।
चीनले अमेरिकाबाट आयात हुने कोइला र प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउने घोषणा गरेको छ यस्तै, कच्चा तेल, कृषिजन्य मेसिनरी, पिकअप ट्रक्स र ठूला इन्जिन भएका कारमा १० प्रतिशत कर लगाउने भएको छ।
यस्तै, चीनले अमेरिकी सर्च इन्जिन कम्पनी गुगलमाथि छानबनि पनि गर्ने भएको छ ।
चीनको बजार नियमनकारी एक निकायले गुगलले एकाधिकारविरुद्धको कानुन तोडेको आशंका गरिएको जनाएको छ ।