• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड

images

प्रभाव न्यूज

२१ माघ २०८१
  • 3.6K
    SHARES
  • images
    ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड
    images
    images
    images

    काठमाडौँ– पाकिस्तानमा अनलाइनमा ईश्वरको निन्दा गर्ने सामग्री प्रकाशन गरेको आरोपमा दोषी ठहर भएका ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको रावलपिण्डीमा रहेको अदालतले ४ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

    images

    पाकिस्तानको ईशनिन्दा कानुनी आयोगले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको पुष्टि गरेको छ । आरोपीहरूले अनलाइनमा ईश्वरको निन्दा गर्ने सामग्री प्रकाशन गरेको ठहर गर्दै अदालतले उनीहरूलाई यस्तो सजाय सुनाएको आयोगका कानुन व्यवसायी राओ अब्दुर रहिमले जनाएका छन् ।


    आरोपीहरूले उक्त सजायविरुद्ध पुनरावेदन गर्ने सम्भावना रहेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । पछिल्लो समय ईश्वरको निन्दा गरेको आरोपमा दोषी ठहर भएका धेरै जनालाई मृत्युदण्डको सजाय सुनाइएको भएपनि पुनरावेदन गरेको खण्डमा उक्त सजाय घटाएर आजीवन कारावासमा रूपान्तरण हुने गरेको छ ।

    पाकिस्तानमा ईश्वर निन्दाको कानुन निकै कठोर मानिन्छ । पाकिस्तानको मानव अधिकार आयोगका अनुसार हाल ७ सय ६७ जना मानिसहरू ईश्वरको निन्दा गरेको आरोपमा जेलमा छन् ।

    images

    images
    images

    प्रकाशित :माघ २१, २०८१ सोमवार - १८:२१:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij