• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने पीटीआईको चेतावनी

सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने पीटीआईको चेतावनी

images

प्रभाव न्यूज

१६ माघ २०८१
  • 2.6K
    SHARES
  • images
    सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने पीटीआईको चेतावनी
    images
    images
    images

    इस्लामाबाद –पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) खैबर–पख्तुनख्वा शाखाका अध्यक्ष जुनैद अकबरले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनविरुद्ध राष्ट्रव्यापी अभियान शुरु गर्ने चेतावनी दिएका छन् ।

    images

    एक स्थानीय टिभी च्यानलसँग कुरा गर्दै अकबरले सरकारसँग वार्ता गर्न विपक्षीको तत्परतालाई कमजोरीको सङ्केतका रूपमा हेरिएको बताए ।

    पीएमएल–एन नेतृत्वको गठबन्धन सरकारसँग मङ्गलबार भएको चौथो चरणको वार्तामा पिटिआई सहभागी नभएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारको वार्ता समितिको मङ्गलबारको बैठक पीटीआईका प्रतिनिधिहरु बैठकमा उपस्थित नभएपछि स्थगित भएको थियो । पाकिस्तानको राष्ट्रिय सभाका सभामुख अयाज सादिकले सहभागिताको कमीका बाबजुद समिति यथावत रहने बताए 

    पीटीआई र सरकारबीच पहिलो चरणको वार्ता २३ डिसेम्बर २०२४ मा भएको थियो । गत डिसेम्बरमा वार्ता शुरु भएयता दुवै पक्षबीच तीन पटक भेटवार्ता भइसकेको छ ।

    images

    पीटीआई र पीएमएल–एन नेतृत्वको सरकारबीच गत वर्षको डिसेम्बरमा पाकिस्तानमा राजनीतिक तनाव कम गर्न वार्ता शुरु भएको थियो । तर सन् २०२३ मे ९ मा इस्लामाबादमा भएको प्रदर्शन र सन् २०२४ नोभेम्बर २६ मा इस्लामाबादमा भएको प्रदर्शनको छानबिनका लागि सरकारले न्यायिक आयोग गठन नगरेको आरोप लगाएपछि वार्ता रोकिएको थियो ।

    images

    अकबरले भने, “पीटीआई वार्तालाई अघि बढाउन तर वर्तमान गतिविधिले गतिरोधको सङ्केत गर्दछ ।” पीटीआईले अब सडकबाट समाधान खोज्छ कि भनेर सोधिएको प्रश्नमा उनले भने, “हो, पक्कै पनि यसो हुनसक्छ ।” ‘द एक्सप्रेस ट्रिब्यून’का अनुसार उनले चुनावमा धाँधली भएको भन्दै फेब्रुअरी ८ मा जिल्लास्तरीय विरोध प्रदर्शन र इस्लामावादको डि–चोकमा विरोध प्रदर्शन गर्ने लगायतका विभिन्न विरोधका योजना घोषणा गरेका थिए । पाकिस्तानमा गत वर्ष फेब्रुअरी ८ मा १२ औँ राष्ट्रिय आम निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा सेलुलर र इन्टरनेट सेवाहरू बन्द गरिएको र व्यापक धाँधली भएको आरोप लागेको थियो ।

    अकबरले आफ्नो टिप्पणीमा पीटीआईले सडक प्रदर्शन शुरू भएपछि वार्तामा संलग्न नहुने घोषणा गरेका थिए । पूर्व क्रिकेटर इमरान खानले स्थापना गरेको पार्टीमा महत्त्वपूर्ण परिवर्तनको सङ्केत गर्दै उनले पीटीआईको ‘होमियोप्याथिक नेतृत्व’लाई मे महिनामा हुने पुनर्गठनपछि कट्टरपन्थीहरूले प्रतिस्थापन गर्ने बताए। अकबरले भने, “पीटीआईको प्रान्तीय मन्त्रिमण्डलमा पुनर्गठन गर्ने योजना छ, जसमा दुई नयाँ सदस्यहरू खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गन्दापुरको टोलीको हिस्सा बन्ने अपेक्षा गरिएको छ।”

    उनले सङ्घीय सरकारले पीटीआईभित्र विभाजन सिर्जना गर्न खोजेको र पार्टीका सदस्यहरूलाई बफादारी परिवर्तन गर्न बाध्य पारेको आरोप लगाए । उनले भने, “पीटीआई छोड्नेहरू मूलतः बाह्य निर्देशनमा सामेल भएका थिए । पीटीआईका एक नेताले पूर्वमन्त्री खानको रिहाइमा आशावादी रहेको बताएका छन् ।”

    images
    images

    प्रकाशित :माघ १६, २०८१ बुधवार - १८:५२:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij