• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


ट्रम्पको आरोप : बाइडेन इतिहासकै खराब राष्ट्रपति, अमेरिका हाँसोको पात्र बन्यो

ट्रम्पको आरोप : बाइडेन इतिहासकै खराब राष्ट्रपति, अमेरिका हाँसोको पात्र बन्यो

images

प्रभाव न्यूज

१९ पौष २०८१
  • 3.8K
    SHARES
  • images
    ट्रम्पको आरोप : बाइडेन इतिहासकै खराब राष्ट्रपति, अमेरिका हाँसोको पात्र बन्यो
    images
    images
    images

    काठमाडौं- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका दुनियाँको अगाडि हाँसोको पात्र बनेको टिप्पणी गरेका छन्।

    images

    उनले यसको दोष सीमा नीति र कमजोर नेतृत्वलाई दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टमा राष्ट्रपति जो बाइडेनलाई ‘अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति’ भनेका छन् ।

    ‘बाइडेनको खुला सीमा नीति बारे मैले आफ्ना चुनावी र्‍याली र अन्य ठाउँमा धेरैपटक भनेको छु कि यसले अमेरिकामा उग्रपन्थी इस्लामिक आतंकवाद र हिंस्रक अपराधलाई वृद्धि गर्नेछ।

    यो समय अब आइसकेको छ, जुन कल्पनाभन्दा पनि खराब छ,’ उनले लेखेका छन् ।नयाँ वर्षको अवसरमा अमेरिकामा घटेका दुई घटनातर्फ संकेत गर्दै ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।

    images

    लुइसियाना राज्यको न्यू अर्लिन्समा एक व्यक्तिले भिडमाथि जानीजानी ट्रक चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका थिए ।

    images

    ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘न्याय मन्त्रालय, एफबीआई, डेमोक्र्याटहरूद्वारा शासित राज्य र स्थानीय अभियोजकहरूले आफ्नो काम गरेका छैनन् ।’ उनले तिनीहरू असक्षम र भ्रष्ट रहेको आरोप पनि लगाएका छन्। ‘तिनीहरू सक्षम छैनन् र भ्रष्ट छन्।

    तिनीहरूले बाह्य र आन्तरिक हिंस्रक तत्वहरूबाट अमेरिकीहरूलाई जोगाउने काममा ध्यान दिनुको सट्टा आफ्ना राजनीतिक प्रतिद्वन्द्वी र ममाथि आक्रमण गर्न समय खर्च गरेका छन्,’ उनले भनेका छन् ।

    images
    images

    प्रकाशित :पौष १९, २०८१ शुक्रवार - २०:४३:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij