• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


‘छक्कापञ्जा ५’ ले ५ दिनमा कति कमायो ?

‘छक्कापञ्जा ५’ ले ५ दिनमा कति कमायो ?

images

प्रभाव न्यूज

२९ आश्विन २०८१
  • 6.9K
    SHARES
  • images
    ‘छक्कापञ्जा ५’ ले ५ दिनमा कति कमायो ?
    images
    images
    images

    काठमाडौँ - फिल्म ‘छक्कापञ्जा ५’ घरेलु बक्स अफिसमा राम्राे कमाइ गरेको छ ।

    images

    प्रदर्शनको सुरुको दिनदेखिनै राम्रो कमाउँदै अगाडि बढेको फिल्मले सोमबारसँग ८ करोडभन्दा बढीको व्यवसाय गरेको वितरक मनोज राठीले बताए ।

    ‘फिल्मले सोमबार साँझसम्म ८ करोड बढीको व्यवसाय गरिसकेको छ । यकिन विवरण साँझ मात्र भन्न सकिन्छ’, राठीले भने, ‘फिल्मको आम्दानी सोचेभन्दा राम्रो छ ।’ फिल्मले सुरुवातको दिन देखिनै राम्रो व्यवसाय गर्न सफल भएको कारण यतिछिटो यति धेरै व्यवसाय गरेको राठीको भनाई छ ।

    सुरुको दिनमा प्रतिस्पर्धी फिल्म भन्दा करिब डबल पाएको फिल्मले प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौतीलाई सजिलै पार गर्दै अगाडि बढिरहेको दाबी गरिएमो छ । यसपटक यो फिल्मको कमाइ काठमाडौँ उपत्यकासँगै मोफसलमा पनि अधिक देखिएको छ ।

    images

    फिल्मले अस्ट्रेलिया र अमेरिकामा पनि राम्रो व्यवसाय गर्न सफल भएको निर्माण पक्षको दाबी छ ।

    images

    दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

    images
    images

    प्रकाशित :आश्विन २९, २०८१ मंगलवार - ११:३४:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij