• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


यात्रा–निबन्ध दिक्तेल जाँदा –३

यात्रा–निबन्ध दिक्तेल जाँदा –३

images

प्रभाव न्यूज

२२ माघ २०८०
  • 32.8K
    SHARES
  • images
    यात्रा–निबन्ध दिक्तेल जाँदा –३
    images
    images
    images

    दिक्तेल जाँदा अपरान्हको ४ बज्दा भञ्ज्याङ भएको हिलेपानीको उकालोमा पुगियो। सानोतिनो बजार पनि रहेछ यहाँ। बाटै छेउको सूचना सङ्केतबाट थाहाभयो। ‘यहाँबाट ४० किलोमिटर टाढा रहेछ हलेसी।’

    images

    उकालोको यही थाप्लोलाई मितेरी भञ्ज्याङ भनिँदो रहेछ। पहिले यस ठाउँमा काँसका डबकाहरू प्रशस्त मात्रामा बनाइन्थ्यो रे। ती सामान खोटाङ, सोलु, सिन्धुली, उदयपुर आदिसम्म बिक्री हुन्थ्यो रे।

    त्यसैले यस ठाउँलाई डबके भञ्ज्याङ पनि भनिन्थ्यो। त्यसपछि बरको बोट भएकोले  बरभञ्ज्याङ हुँदै अहिले मितेरी भञ्ज्याङका नामले पनि चिनिने जानकारी भयो। नाम बद्लिएपनि ठाउँको अनुहार झन विरानो बन्दै गइरहेको थियो।

    त्यही भञ्ज्याङबाट पल्लो क्षितिजतिर औँल्याउँदै भागवतजीले हलेसीको स्वरूप सङ्केत गर्नुभयो। त्यो दूधकोशीपारि हो दिक्तेल भन्दै मुख बुझो लगाइयो। सोही भञ्ज्याङबाट तल दूधकोशीसम्मको सडक नागबेली सुलुलु बगेको कालो र चिप्लो देखियो। रमणीय दृश्यको दर्शनले बल्ल मनमाआनन्द मिल्यो। 

    images


    राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाको घर ऊ त्यहीहो भन्दै कसैले देखाए। तल दूधकोशीको किनारमा रहेका केही घरहरूतिर तिनले औँल्याउँदै थिए। हेर्दा बेँसीको सुन्दर फाँटमा अवस्थित गाउँ रमाइलो लाग्थ्यो। यहाँ पहिले त सुर्तीको खेतीले चिनिन्थ्यो रे। हिलेपानीको सुर्ती भनेपछि मान्छे हुरूक्कै हुन्थे रे। यही ठाउँलाई हिलेपानी शोक्मटार पनि भनिँदोरहेछ। कोशीपारिको पहाडी गाउँ खोटाङ जिल्लाको बाहुनीडाँडा गाविस अन्तर्गत्को थाप्पागाउँ पर्दो रहेछ। 

    images


    ‘सिद्धिचरण मार्ग’ नामले चिनिने यो सडक केही वर्ष पहिले नेपाल सरकारले बनाएको रहेछ। नमुनाकै रूपमा निर्माण गरिएको कटारी, ओखलढुङ्गा, खोटाङ र सोलु गरी चार जिल्लालाई यस सडकले जोड्दो रहेछ। यही राम्रो सडकमा सुलुत्त गाडी गुडेकाले जयरामघाटको पुल तरेर हामी पुग्यौँ खोटाङ। यहाँदेखि ‘मध्यपहाडी लोकमार्ग’का नामले दिक्तेलसम्मको सडकलाई चिनिने कुरा पनि थाहाभयो। 


    ‘दूधकोशीपारि दिक्तेल हो तर सदरमुकाम पुग्न अझै उकालै छ डाँडैडाँडा ...जहाँ हामी पुग्नुपर्ने हो।’ साथीले भने

    अब बसले ठाडो उकालो ‘मध्यपहाडी लोकमार्ग’ चढाइरहेको थियो । जतिगयो उति झन टाढा कता हो कता पुग्नुपर्ने थलो?

    लाँकुरी भञ्ज्याङ, नौदोबाटोमा पुग्दा साँझ ओर्लिसकेको थियो। गणतान्त्रिक चोक पनि भनिँदोरहेछ यस दोबाटोलाई। चारदोबाटो, सातदोबाटो त सुनिएको र देखिएकै हो। तर नौदोबाटो भने यहीँ आएर सुनियो। 

    एकजना मित्रले यसको पुष्टि गर्दै थपे– एउटा बाटो बाख्रा हिँड्ने, एउटा बाटो सुँगुर, कुखुरा, हाँस, एउटा गाईवस्तु, अर्को गोठाला, खेताला, अर्को बाटो गाडी गुड्ने, एउटा बाटो गाउँले हिँड्ने, अर्को बाटो तीर्थयात्री, त्यस्तै अर्को बाटो सहरबाट गाउँ आएका र गाउँबाट सहर जाने हिँड्ने अलग्ग–अलग्ग बाटाहरू होलान् । फेरि अर्को बाटो मान्छे हिँड्ने होला। यति भएपछि ठ्याक्कै नौदोबाटोको मिलनस्थल भइगयो नि।

    ‘अब छिनभरमै हलेसी पुगिन्छ है। यो भञ्ज्याङबाट चाहिँ बसाहागुफा जान सकिन्छ।’

    पहाडभरि अनेकौँ ध्वजापतकाले सजाइएको दृश्य देखियो। बल्लपुगियो हलेसी तीर्थस्थलमा। पहाडमा प्रकृतिको अद्भूतलीला रहेछ हलेसी धामको। एकसरो घुमेर दृश्यावलोकन र दर्शन पनि गरियो। 

    त्यसपछि चढियो फेरि उकालो । कवि मित्र भागवतजीले आफ्नो गाउँ राजापानी देखाउन नपाएकोमा अफसोच मान्नुभयो। अँध्यारोलाई ठम्याउँदै उहाँले तल देखाउँदै ऊ त्यहीँबाट जाने हो मेरो घर भनेर बताउनुभयो।  

    मैले धमिलो धब्बाबाहेक केहीपनि ठम्याउन सकिनँ। मौसमले हामीलाई साँच्चै नराम्ररी ठग्यो। यो बेला त खुल्ला प्रकृति मनोरम हुनुपर्ने हो। तर त्यसो भएन। बैशाखको याममापनि हुस्सूले हैरान पार्नु अनौठो लाग्थ्यो।

    त्यही धमिलो साँझको समयमा गाडीभित्र गीतगायनको वातावरणले साङ्गीतिक समारोहको स्वरूप लियो । गाउँलेहरू सुन्तलाका भा-ही बोकेर धरान झर्ने सनातन परम्पराको निर्वाह गर्दै यसरी गीतिभाकामा उनीहरूले लोकगायन गाउने सम्झना गर्दै पूर्वेलीलयमा कविकाशी राई गाउन थाल्नुभयो– 

    गाई चरनैमा, 
    सुन्तला बोकी जाऊ धरानैमा

    काशी राईको उहीभाव र उस्तै भव्यलोकभाका फेरि गुञ्जियो– 

    गाई दुहुनाले, 
    छुटेछ माया भेटनहुनाले

    यतावसन्त बस्नेत र स्वप्निल स्मतिले पुराना आधुनिक नेपाली गीत गाएर बसलाई गुञ्जायमान बनाइरहेका छन्। त्यसमा स्वर थप्न बम बानिया आउँछन्। चन्द्र रानोहँछा थपिन्छन्। टीका चाम्लिङ त झन गीतकारै परे। तर कवि, गीतकार वीरेन्द्र राईलाई भने यी गायनले कत्तिपनि छोएन। लयमा सुसेलिँदै कैयौँ गीत लेखेको अनुभव छँदै थियो।

    ‘गीत गाउनेको चाल सुसेल्दै थाहा पाइन्छ।’ भने जस्तै ।

    उनले प्रतिक्रिया दिए– ‘गीत गाएपछि सुर र तालको ख्याल त गर्नुप-यो नि बाबु हो। गीतको लयलाई नै भत्काएर कहीँ गीत गाइन्छ?’

    त्यस यात्रामा कसले सुर र तालको भावमा गीत गाउँथ्यो र? त्यो कुनै कार्यक्रम थिएन। कुनै प्रतियोगिता पनि होइन। 

    मैले समाचारहरूमा सुनेको कुरा लामिडाँडा विमानस्थलको सन्दर्भले सम्झायो। खोटाङ जिल्ला तीनवटा विमानस्थलले धनीहो। ती तीनवटा लामिडाँडा, थामखर्क र खानीडाँडा विमानस्थल हुन्। तीनवटा विमानघाट भएर पनि मान्छेलाई मर्दापर्दा बरू मसानघाट पुग्न छिटो हुन्छ तर विमान घाटमा भनेको बेला न टिकट न त विमान केही हुँदैन। विमान आउने र उड्नेको पनि कुनै भरोसा हुँदैन। तर पनि तीनवटा विमानस्थल भएको जिल्ला भन्ने गर्व चाहिँ छ।

    हेलिकप्टरमा गाडी राखेर लामिडाँडामा झारी सदरमुकाम दिक्तेलसँगको दूरी नजिक्याउँदै खोटाङमा पनि गाडी गुड्न थाल्यो। तर यस्तो सस्तो प्रसार मात्रै गरिएको थियो केही वर्ष अघि नै। भौगोलिक स्वरूप हेर्दा अचम्मै लाग्छ।

    हाम्रा अग्रज पुस्ताले कसरी मात्रै पहाडका धागो जस्ता मसिना र अपठ्यारो बाटो छिचोलेर हिँडे होलान्? अनिआफू त्यसरी हिँडे पनि आफ्ना सन्ततिहरूलाई उज्यालो बाटोतिर अग्रसर गराए होलान् ? यस्ता अनेकन जिज्ञासा स्वतः जाग्छ। 


    साथै बाटोको अवस्था र विकटता हेर्दा अत्यास लाग्नुका साथै हिँड्ने जाँगर मर्छ। कहिले र कसरी हिँडेर गन्तव्य पुग्न सक्नु भन्ने अत्यासले आत्मा छटपटिन्छ। यही यात्रामा यिनै विकट भूगोल छिचोलेर खाइखेलीआफ्नो इतिहास बनाउनु भएका बयोवृद्ध अग्रजपनि हुनुहुन्छ।

    खोटाङ, सिम्पानीका ७२ वर्षीय कवि काशी राईले तिनै अनुभव सुनाउनुभयो– त्यो बेलादेखि अहिलेसम्म विमान र गाडीको समस्या यथावतै छ। खोटाङमा खुट्टाकै भरमा कति उकालो र कति ओरालो  छिचोलियो? त्यसको कुनै हिसाब किताब छैन। बल्लकच्ची सडक बने पनि कहिले पक्की हुने हो थाहा छैन। तर अबका पुस्तालाई भने धेरै सुविधा भएको छ।

    उहाँका अनुसार वि.सं. २०२२ साल भाद्र ७ गते सगरमाथा अञ्चलीय साहित्य परिषदको कार्यक्रम रामबजार ओखलढुङ्गामा भएको थियो। ‘त्यसमा भाग लिँन जाँदा पहाडको अपठ्यारो बाटोका साथै खोलाखहरे हुँदै खासगरी दूधकोशी तर्न कम्ति सास्ती भएको थिएन। पहिले लगातार सातदिन हिँडेर राजधानी पुगिन्थ्यो। हेर्नुस् त समयले आजकति सहज बनाइदिएको छ। बिहान७ बजे काठमाडौँबाट गाडी चढेर आएकाहामीअहिले खोटाङ टेकिसक्यौं।’ राईले तीदिनलाई आज सम्झना गर्नुभयो।

    राईकाअनुसार यातायातको सुविधा भए यहाँका जनताले ठूलो सुविस्ता पाउने थिए। स्थानीय उत्पादनले पनि बजार पाउने थियो। जस्तै– राडी, अलैँची, सुन्तला, आलु, बदाम आदि।

    ‘मध्यदिनको चर्को घामको के कुरा औँसीको मध्यरातमा समेत छामछुम गर्दै कैयौँ पटक हिँडिएको छ।’ उहाँले एकछिनपछि फेरि थप्नुभयो– उहिलेको हेरी अहिले मान्छेलाई धेरै सुविधा छ। बाटो पनि राम्रो छ। डरलाग्दो घनाजङ्गल छैन। मान्छेको आवतजावत भइरहन्छ। उहिले त एक्लै हिँड्न पनि डर थियो। बाघभालुले झम्टेलान् भन्ने त्राहिमाम हुन्थ्यो।            

              
    अर्खौलेमा खाजा खान रोकिँदा साँझ भइसकेको थियो । त्यसपछि बिजुले, मौरे, नुनथला, वातालपुग्दा त रातै परिसकेको थियो । हुर्लुङ्गमा पुग्दा गाडीको डेग चलेन । कच्ची सडकमा पानी जमेको हुँदा सडक रोपाइ गर्ने खेतमा परिणत भएको थियो । 
    (क्रमशः)

    ज्ञानेन्द्र विवश

    images
    images

    प्रकाशित :माघ २२, २०८० सोमवार - १८:२९:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij