• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


आज २०८० साल माघ ९ गते मंगलबारको राशिफल हेर्नुहोस

आज २०८० साल माघ ९ गते मंगलबारको राशिफल हेर्नुहोस

images

प्रभाव न्यूज

९ माघ २०८०
  • 10.9K
    SHARES
  • images
    आज २०८० साल माघ ९ गते मंगलबारको राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष : दिन राम्रो छ। श्रमको प्रशंसा हुनेछ। हरेक क्षेत्र सफल भए पनि पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारमा खर्च बढेर जानेछ। अन्य क्षेत्र सामान्य छन्।

    images

    वृष : दैनिकी सुन्दर छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। मनमा नयाँ सिर्जना हुनेछ। परिवारले परीक्षा लिइरहेको समय हो। तपाईंले नबोलेर जित्नुपर्ने देखिन्छ।

    मिथुन : आजको दिन सुखद् छ। हरेक क्षेत्र अब्बल हुने योग छ। शिक्षाको क्षेत्रमा नाम, दाम र सम्मान पाउने योग रहेको छ। ठुलो भाग खोज्ने बानीले घाटा हुनेछ। परिवारको कुरा सुनेर रुष्ट हुने योग रहेको छ।

    कर्कट : दैनिकी राम्रो छ। व्यापारबाट फाइदा हुन्छ। हरेक ग्रहगोचर अब्बल छन्। दुई वटा ग्रह राहु र केतुको छाया पारेका कारण अशान्ति सहनुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग रहने छ।

    images

    सिंह : दिन सामान्य राम्रो छ। ग्रह गोचर अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ। परिवारको नाममा खर्च गर्नाले घाटा हुने देखिन्छ।

    images

    कन्या : समाजमा प्रतिष्ठा मिल्नेछ। प्रतिस्पर्धी धेरै भए पनि तपाईंको सफलता निश्चित छ।परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। श्रम गरेको क्षेत्रमा प्रतिफल प्राप्त हुनेछ।

    तुला : समय राम्रो छ। गुमेको धन हात लाग्ने समय छ। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो प्रतिफल मिल्नेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारको साथ र सहयोग रहने छ।

    वृश्चिक : दिन सामान्य छ। हरेक क्षेत्रमा बाँधा र अड्चन आए पनि मादक पदार्थ सेवन नगरेमा दिन सफल हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ। आजको दिन ठुलो काममा हात नलगाउनु नै राम्रो हुन्छ।

    धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मन खुशी हुनेछ। धर्ममा मन जाने देखिन्छ। बोल्दा ख्याल नगर्नाले आफन्त टाढिने छन्। शिक्षाको क्षेत्र राम्रो छ। परिवारको साथ र सहयोग रहनेछ।

    मकर : दैनिकी सामान्य छ। हरेक क्षेत्र विवादित रहेका छन्। व्यवहार गर्दा चनाखो बन्नुपर्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। आज थोरै बोलेर जित्नु पर्नेछ।

    कुम्भ : दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्र अब्बल रहेको छ। संघर्षको प्रतिफल प्राप्त हुने योग रहेको छ। सम्मान गर्ने व्यक्तिसँग भेट हुनेछ।

    मीन : दिन समय राम्रो छ। सञ्चित धन संरक्षण गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिने छन्। राम्रो कामको प्रशंसा गरेको सुन्न पाइने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    images
    images

    प्रकाशित :माघ ९, २०८० मंगलवार - ०६:३२:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij