• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


प्रसिद्ध खोटाङको हलेसी महादेवको दर्शन गर्दै आज माघ ६ गते शनिबारको राशिफल हेर्नुहोस

प्रसिद्ध खोटाङको हलेसी महादेवको दर्शन गर्दै आज माघ ६ गते शनिबारको राशिफल हेर्नुहोस

images

प्रभाव न्यूज

६ माघ २०८०
  • 10.5K
    SHARES
  • images
    प्रसिद्ध खोटाङको हलेसी महादेवको दर्शन गर्दै आज माघ ६ गते शनिबारको राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । व्यापार र रोजगारीबाट प्रगति हुनेछ । पुरानो रोग बढ्ने देखिन्छ । चिसो मौसम भएकाले तातो कपडा लगाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । परिवारको साथ रहनेछ ।

    images

    वृष : दैनिकी सामान्य छ । आम्दानीका क्षेत्र सबल छन् । प्रतिस्पर्धी शक्तिशाली देखिन्छन् । प्रेम सम्बन्ध राम्रो बन्नेछ । परिवारको साथ र सहयोग रहने छ ।

    मिथुन : समय राम्रो छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या रहने भएकाले खानपानमा ख्याल गर्नुपर्छ । शिक्षामा राम्रो प्रतिफल प्राप्त होला । परिवारको झन्झट सुन्नुपर्ने दिन छ ।

    कर्कट : दैनिकी सामान्य छ । असहयोग गर्ने धेरै छन् । धार्मिक क्षेत्रको यात्रा रमाइलो हुनेछ । परिवारको साथ रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    images

    सिंह : दिन रमाइलो छ । तर वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । धार्मिक क्षेत्रको यात्रा सफल नहुन सक्छ । शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुने योग रहेको छ । परिवारको असन्तुष्टि सुन्नुपर्ने दिन छ ।

    images

    कन्या : दिन राम्रो छ । लगानीको क्षेत्र सबल छ । परिवारसँगको समय रमाइलो हुनेछ । प्रतिस्पर्धी पराजित हुनेछन् । प्रेम सम्बन्धका लागि शुभ दिन रहेको छ ।

    तुला : सन्तानलाई दिएको शिक्षा उचित नहुँदा गलत व्यवहार गर्न सक्छन् । दाम्पत्य जीवन सामान्य ढंगले चल्नेछ । शिक्षाको क्षेत्रमा धोखा हुने देखिन्छ ।

    वृश्चिक : दिन सामान्य छ । झुटा आरोप सुन्नुपर्ने हुन्छ । गणेशको चिन्तन गर्नुहोला । मानसिक चिन्ता हट्नेछन् । हरेक क्षेत्रमा खटपट आए पनि परिवारको साथ र सहयोग राम्रो मिल्नेछ ।

    धनु : दिन राम्रो छ । आफू शान्त रहे सबै शान्त हुने योग रहेको छ । तपाईंको बोलीले आफैंलाई अप्ठेरोमा पार्नेछ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छ । परिवारसँगको सम्बन्ध सुमधुर रहन्छ ।

    मकर : समय सामान्य छ । धेरै राम्रा कामलाई छोडेर एउटा गल्तीको खोजी हुने भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारबाट राम्रो साथ मिल्नेछ । प्रेम सम्बन्ध आजका लागि सफल देखिन्छ ।

    कुम्भ : दैनिकी सामान्य छ । हरेक क्षेत्र विवादित छन् । आम्दानी भन्दा खर्च बढी हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा झमेला हुनसक्ने देखिन्छ ।

    मीन : समय राम्रो छ । बन्धुबाट सकारात्मक सहयोग हुने योग रहेको छ । परिवारसँगको सम्बन्ध राम्रो हुनाले दिन रमाइलो हुनेछ । अचानक सञ्चित धन खर्च भए पनि अरु सबै पक्ष सबल छन् ।

    images
    images

    प्रकाशित :माघ ६, २०८० शनिवार - ०६:३०:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij