• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


‘पर्खी बसें तिमीलाई’मा नयाँ अनुहार

‘पर्खी बसें तिमीलाई’मा नयाँ अनुहार

images

प्रभाव न्यूज

२२ पौष २०८०
  • 9.5K
    SHARES
  • images
    ‘पर्खी बसें तिमीलाई’मा नयाँ अनुहार
    images
    images
    images

    काठमाडौं -  निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताएका छन्।

    images

    शनिबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिए।

    ‘अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ। उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ’, निर्देशक श्रेष्ठले भने, ‘मैले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँलाई अवसर दिएको छु।

    किनकि हामी पुराना चलचित्रकर्मीले आँट गरेनौं भने अरूले गर्दैनन्’ यद्यपि निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाए।

    images

    ‘नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा संघर्ष गर्नुपर्ने हुन्छ। मेरो तीन दशकको चलचित्र यात्रामा नौलो अनुभव गरिरहेको छु’, निर्देशक श्रेष्ठले भने।

    images

    उनले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गरे। नवकलाकार अभिनेता श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुनलागेको बताए। ‘मैले मण्डला थिएटरमा झण्डै १३ बढी नाटक गरिसकें।

    सात वर्षपछि बल्ल चलचित्रमा अभिनयको सुरुआत गरेको छु’, अभिनेता श्रेष्ठले भने, ‘म कलात्मक र व्यावसायिक दुवै चलचित्र गर्न चाहन्छु। परिपक्व समूहसँग काम गर्न पाउँदा आभारी छु।’

    अभिनेत्री बुढाथोकीले पहिलो चलचित्र भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताइन्। ‘मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिनँ। सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएँजस्तो लाग्छ। यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु’, उनले भनिन्।

    चलचित्रका निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा चलचित्रको छायाँकन गरिएको जानकारी दिए।

    कार्यक्रममा संगीतकार महेश खड्का, गायक प्रमोद खरेल, अभिनेत्री सुनिता श्रेष्ठ पनि उपस्थित थिए।

    चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईले पनि अभिनय गरेका छन्। चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ। - रासस

    images
    images

    प्रकाशित :पौष २२, २०८० आइतवार - १४:२१:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij