• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


नयाँ गीतबारे यशकुमार भन्छन्- यसले जातीय अहमताविरुद्ध सामाजिक चेतना जगाउँछ

नयाँ गीतबारे यशकुमार भन्छन्- यसले जातीय अहमताविरुद्ध सामाजिक चेतना जगाउँछ

images

प्रभाव न्यूज

१८ पौष २०८०
  • 12.3K
    SHARES
  • images
    नयाँ गीतबारे यशकुमार भन्छन्- यसले जातीय अहमताविरुद्ध सामाजिक चेतना जगाउँछ
    images
    images
    images

    गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को सांगीतिक भिडियो सार्वजनिक भएको छ ।

    images

    मंगलबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रशंसा गरे । ‘यो गीत हेरेपछि मलाई असहज पनि भयो ।

    किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किरातीले भने, ‘यसलाई मनोरञ्जनको रुपमा मात्र लिनुहुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल गार्हस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’

    उनले मनाङ र मुस्ताङमा पर्यटक बढ्नुमा नेपाली गीतसंगीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकास गर्न सके राम्रो हुने बताए । सरकारले लक्ष्य राखेअनुसार दश लाखभन्दा बढी पर्यटक सन् २०२३ मा नेपाल भित्रिएको जानकारी दिदै मन्त्री किँरातीले संगीत र सिनेमासँग जोडिएका सर्जकलाई धन्यवाद दिए ।

    images

    मन्त्री किराँतीले गायक यश कुमारको जीवनीसँग उक्त गीत प्रभावित भएको जानकारी गराउदै अरुका लागि उदाहरण बन्ने जिकिर गरे ।

    images

    यश कुमारले बाल्यकालमा खोला किनारको बस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किँरातीले उनको प्रसंशा गरे ।

    गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाव गर्न खोजेको बताए । ‘मैले सुरुआतदेखि नै संगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यही अनुरुप सिर्जना गरिरहेको छु ।

    यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने ।

    सार्वजनिक गीतको भिडियोमा यशसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् । आफुले यो गीतमा ब्राम्हण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको बताए ।

    गायक यशले यो गीतलाई आफूले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह समेत गरे ।

    images
    images

    प्रकाशित :पौष १८, २०८० बुधवार - १४:१२:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij