• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


... अनि एक सयभन्दा बढी भैंसीको डुबेर मृत्यु भयाे

... अनि एक सयभन्दा बढी भैंसीको डुबेर मृत्यु भयाे

images

प्रभाव न्यूज

११ कार्तिक २०८०
  • 10.2K
    SHARES
  • images
    ... अनि एक सयभन्दा बढी भैंसीको डुबेर मृत्यु भयाे
    images
    images
    images

    विन्डहोक, नामिविया- सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैंसीको मृत्यु भएको छ ।

    images

    नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैंसीको डुबेर मृत्यु भएको हो ।

    मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रबार बिहानै अगाडी रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैंसीहरू भाग्ने क्रममा नदीमा डुबेका थिए ।

    उनले भने “हामीलाई प्राप्त सूचनाअनुसार १०० भन्दा बढी भैँसी भाग्ने क्रममा डुबेका छन् । उनले घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैंसीको सही सङ्ख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने बताए । चोबे नदीमा यसअघि पनि ठूलो सङ्ख्यामा भैसी डुबेर मृत्यु हुने गरेकाले यो असामान्य घटना नभएको उनले बताए ।

    images

    चोबे नदी नामिवियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैंसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ ।

    images

    अफ्रिकी जङ्गली भैंसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जङ्गली जनावरका कारण यस निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ । (रासस/सिन्ह्वा)

    images
    images

    प्रकाशित :कार्तिक ११, २०८० शनिवार - १२:२८:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij