• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

images

प्रभाव न्यूज

१० कार्तिक २०८०
  • 6.9K
    SHARES
  • images
    चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन
    images
    images
    images

    काठमाडौं - चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन्।

    images

    चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा निधन भएको जनाएको छ।

    ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए।

    images

    राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए।

    images

    ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए।

    उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।

    images
    images

    प्रकाशित :कार्तिक १०, २०८० शुक्रवार - ०७:५०:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij