• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


आठ महिनामा नेपालमा ६ लाख पर्यटक भित्रिए, भारतपछि दोस्रो बजार चीन

आठ महिनामा नेपालमा ६ लाख पर्यटक भित्रिए, भारतपछि दोस्रो बजार चीन

images

प्रभाव न्यूज

१५ भाद्र २०८०
  • 13.2K
    SHARES
  • images
    आठ महिनामा नेपालमा ६ लाख पर्यटक भित्रिए, भारतपछि दोस्रो बजार चीन
    images
    images
    images

    काठमाडौं । नेपालमा सन् २०२३ को आठ महिनामा ६ लाख बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टसम्ममा ६ लाख एक हजार ३६० पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका हुन् । कोरोना महामारीको कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तारै चलायमान हुँदै गएको बोर्डको तथ्यांकले देखाएको छ । अगष्टमा मात्र ६७ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् ।

    images

    जबकी २०२२ को यही महिनामा ४१ हजार ३०४ पर्यटक नेपाल आएका थिए । यस्तै, २०२१ अगष्टमा ६ हजार ९३ विदेशी पर्यटकले नेपालको भ्रमण गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । कुन महिनामा कति ?

    जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक हवाईमार्गबाट नेपाल आएको बोर्डले जानकारी दिएको छ । मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ पर्यटक नेपाल आएका छन् ।

    अगष्टमा ६७ हजार १५३ पर्यटक नेपाल आएका छन् । सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याउने लक्ष्य लिएको छ । आठ महिनामा ६ लाख मात्र पर्यटक नेपाल आएका छन् । सरकारको लक्ष्य पुरा गर्न बाँकी चार महिनामा चार लाख पर्यटक नेपाल भित्रनुपर्छ ।

    images

    सन् २०२३ सकिन चार महिना बाँकी छ । उक्त समयवधिमा चार लाख पर्यटकले नेपाल भ्रमण गरेमात्र सरकारको लक्ष्य पुरा हुन्छ । सरकारले लिएको लक्ष्य पुरा हुनेमा धेरैको आशंका छ । तर, बोर्डमा निर्देशक लामिछाने सरकारको लक्ष्यभन्दा धेरै पर्यटकले नपाल भ्रमण गर्ने बताउँछन् ।

    images

    लामिछानेले सरकारले लिएको लक्ष्यभन्दा धेरै पर्यटक नेपाल भ्रमण गर्नेसमेत दाबी गरे ।

    पर्यटकको लागि विस्तारै सिजन सुरु हुने उनले बताए । अहिलेसम्मको पर्यटन आगमन तथ्यांकअनुसार नेपालमा अक्टोबर र नोभेम्बर धेरै पर्यटक आउने उनले बताए । सोहीअनुसार यस वर्षमा पनि अक्टोबर र नोभेम्बरमा पर्यटकको संख्या उल्लेख रूपमा वृद्धि हुने दाबी गरे ।

    images
    images

    प्रकाशित :भाद्र १५, २०८० शुक्रवार - १७:०८:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij