• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


नेपालले गुमायो पाचौँ विकेट

नेपालले गुमायो पाचौँ विकेट

images

प्रभाव न्यूज

१३ भाद्र २०८०
  • 10.0K
    SHARES
  • images
    नेपालले गुमायो पाचौँ विकेट
    images
    images
    images

    काठमाडौँ- एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध जारी खेलमा नेपालले पाचौँ विकेट पनि गुमाएको छ । पाकिस्तानको मुल्तानमा जारी खेलको १६ ओभर ६ बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै आउट भए ।

    images

    उनी हारिस रउफको बलमा विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट भए । त्यसअघि खेलको १४ ओभर ४ बलमा नेपालका आरिफ शेख ३८ बलमा २६ रन बनाउँदै हारिस रउफको बलमा बोल्ड भए ।त्यसअघि १ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरेका थिए ।

    उनले ५ बलमा ५ रन बनाए । कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवम् उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भएका थिए । भुर्तेलले ८ रन बनाए भने कप्तान पौडेल डक आउट भए । दुबैको विकेट सहीन शाह अफ्रिदीले लिएका हुन् ।

    भुर्तेललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।

    images

    images
    images

    प्रकाशित :भाद्र १३, २०८० बुधवार - २१:१२:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij