• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


एसिया कप क्रिकेट : पाकिस्तानद्वारा नेपालसमक्ष ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा नेपालसमक्ष ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत

images

प्रभाव न्यूज

१३ भाद्र २०८०
  • 12.4K
    SHARES
  • images
    एसिया कप क्रिकेट : पाकिस्तानद्वारा नेपालसमक्ष ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत
    images
    images
    images

    काठमाडौँ- एसिया कप क्रिकेटमा पाकिस्तानले नेपालविरुद्ध ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएपछि नेपालसमक्ष विशाल लक्ष्य प्रस्तुत गरेको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए ।

    त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए ।

    नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक विकेट लिए ।

    images

    images
    images

    प्रकाशित :भाद्र १३, २०८० बुधवार - १९:०८:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij