• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


रूसमाथि युक्रेनको ठूलो आक्रमण

रूसमाथि युक्रेनको ठूलो आक्रमण

images

प्रभाव न्यूज

१३ भाद्र २०८०
  • 5.7K
    SHARES
  • images
    रूसमाथि युक्रेनको ठूलो आक्रमण
    images
    images
    images

    मस्को– युक्रेनले रुसका पाँच क्षेत्रलाई निशाना बनाएको छ । युक्रेनले आज बिहान १० देखि २० वटा ड्रोनले एकैपटक आक्रमण गरेकाे थियो।

    images

    यो हमला युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको बताइएको छ । रुसको रक्षा मन्त्रालयले युक्रेनले रुसी क्षेत्रलाई ड्रोनमार्फत निशाना बनाएको आरोप लगाएको छ । यसलाई रुसी भूमिमा १८ महिनामा भएको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरिएको छ।

    पश्चिमी रुसी सहर प्सकोभको विमानस्थलमा ड्रोन हमला गरिएको हो । सो आक्रमणमा दुई सैन्य यातायात विमानमा क्षति पुगेको छ।

    सञ्चारमाध्यमका अनुसार प्स्कोभ युक्रेनको सिमानाबाट करिब ८०० किलोमिटर टाढा रहेको छ।

    images

    आक्रमणबाट चारवटा आईएल–६७ युद्धक विमानमा क्षति पुगेको थियो।पछिल्लो हप्ता युक्रेनले रुसमाथि आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको यो आक्रमणबाट थप स्पष्ट भएको छ ।

    images

    यसैबीच, मस्कोको भानुकोभो एयरपोर्ट पनि आज केहीबेरका लागि बन्द गरिएको थियो । आक्रमणको क्रममा एउटा ड्रोन इन्धन भर्ने कम्प्लेक्समा ठोक्किए पछि त्यसमा आगो लागेको बताइएको छ ।

    images
    images

    प्रकाशित :भाद्र १३, २०८० बुधवार - १०:५०:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij