• बिहिवार, कार्तिक १३ गते २०८३

TRENDING :

Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते


पाँच महिनाको गर्भ तुहिँदा यी नायिकाको टुट्यो पुनः आमा बन्ने सपना

पाँच महिनाको गर्भ तुहिँदा यी नायिकाको टुट्यो पुनः आमा बन्ने सपना

images

प्रभाव न्यूज

२८ श्रावण २०८०
  • 9.6K
    SHARES
  • images
    पाँच महिनाको गर्भ तुहिँदा यी नायिकाको टुट्यो पुनः आमा बन्ने सपना
    images
    images
    images

    पछिल्ला केही वर्षमा थुप्रै अभिनेत्रीले आफ्नो गर्भावस्थासँग सम्बन्धित अनुभव साझा गरेका छन् ।

    images

    कोहीले आफ्नो सुखद अनुभव बाँडे भने कतिले दुःखद । यस्तै एक खुलासा रानी मुखर्जीले पनि गरेकी छिन् ।

    नायिकाले आफू दोस्रो पटक आमा बन्न लाग्दा पाँच महिनाको गर्भ तुहिएको जानकारी दिएकी छिन् ।

    रानीले इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न २०२३ मा यसबारे बताएकी हुन् ।

    images

    रानी मुखर्जी आफ्नो निजी जीवनबारे कमै बोल्छिन् । तर हालै उनले आफ्नो निजी जीवनसँग सम्बन्धित एक दुःखद पल साझा गर्दै गर्भ तुहिँदा भोगेको पीडाबारे बोलेकी छिन् । यसबारे थप जानकारी दिँदै उनले भनेकी छिन्, ‘मैले सन् २०२० मा कोरोनाका बेला आफ्नो पाँच महिनाको गर्भ गुमाएँ ।

    images

    यो दर्दनाक समयलाई झेल्नु र यसबाट निस्कनु मेरा लागि निकै मुस्किल थियो ।’इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न २०२३ मा यसबारे कुरा गर्दै रानीले भनिन्, ‘कोरोना कालमा म आमा बन्ने तयारीमा थिएँ । म पाँच महिनाको गर्भवती थिएँ तर मेरो गर्भ तुहियो । मैले यसबारे यसअघि कहिल्यै कुरा गरेकी थिइनँ ।’

    उनले थपिन्, ‘मिसेज चटर्जी भर्सेस नर्वेको प्रमोसनका बेला यो कुरा निकालिनँ किनभने मैले यो पीडा त्यतिबेला भनेको भए मानिसहरूले मैले यो कुरा फिल्मको प्रमोसनका लागि भनिरहेको भनेर सोच्थे ।’उनी भन्छिन्, ‘मैले आफ्नो निजी जीवनबारे बोलेको यो पहिलो पटक हो । मानिसहरूले मेरो निजी जीवनलाई फिल्मसँग जोडेर हेरेको म सहन सक्दिनथेँ त्यसैले फिल्मको प्रमोसनमा यो कुरा निकाल्न मन नै लागेन ।’

    ‘कोरोनाको समयमा अर्थात् सन् २०२० मा गर्भवती थिएँ । हामी दोस्रो पटक आमाबुवा बन्न लागेको थियौँ । तर दुर्भाग्यले मैले आफ्नो पाँच महिनाको बच्चा गुमाएँ ।’स्मरण रहोस्, रानी मुखर्जीको मिसेज चटर्जी भर्सेस नर्वे २३ मार्चमा रिलिज भएको छ ।

    यो एक भारतीय परिवारको वास्तविक घटनामा आधारित फिल्म हो । यसमा रानी मुखर्जीले एउटी आमाको भूमिका निभाएकी छिन् ।

    फिल्ममा उनका दुई सन्तान खोस्ने कोसिस गरिन्छ र यसका लागि उनको लडाइँ फिल्ममा देखाइएको छ ।- एजेन्सी

    images
    images

    प्रकाशित :श्रावण २८, २०८० आइतवार - १६:०७:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij