• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


संक्रमित अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना

संक्रमित अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 11.9K
    SHARES
  • images
    संक्रमित अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना
    images
    images
    images

    येरेवन - अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ । कोरोनाभाइरसबाट संक्रमित भएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था पहिलाभन्दा जटिल भएको पुष्टि गर्दै निमोनिया भएको उल्लेख गरिएको छ । राष्ट्रपति सर्किसीयनलाई कोरोनाभाइरसको संक्रमण भएको थियो, उनलाई अहिलेसम्म निवासमै उपचार गराइएको थियो । तर अहिले समस्या बढेकाले अस्पताल लगिएको हो, वक्तव्यमा लेखिएको छ । उच्च ज्वेरो र दोब्बर निमोनिया भएकाले राष्ट्रपति सर्किसीयनको अवस्था जटिल भएको वक्तव्यमा लेखिएको छ । राष्ट्रपति कार्यालयले उन यही जनवरी ५ तारिखका दिन कोरोनाभाइरसबाट सङ्मित भएको पुष्टि भएको जनाएको छ । उनी बेलायतको राजधानी लण्डन गएका बेला संक्रमित भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति सर्किसीयन नयाँ वर्ष र बिदा मनाउन परिवारसहित लण्डन जानु भएको थियो ।

    images

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - २०:३२:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij