• बिहिवार, कार्तिक १३ गते २०८३

TRENDING :

Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते


किशोरीमाथि बलात्कारका दुई आरोपीलाई ज्युँदै जलाइयो

किशोरीमाथि बलात्कारका दुई आरोपीलाई ज्युँदै जलाइयो

images

प्रभाव न्यूज

२७ जेठ २०७९
  • 23.7K
    SHARES
  • images
    किशोरीमाथि बलात्कारका दुई आरोपीलाई ज्युँदै जलाइयो
    images
    images
    images

    काठमाडौं जेठ २७ -मोटरसाइकलमा आएका दुई युवकले बाबुआमासहित १६ वर्षकी किशोरीलाई बाटोमा देख्छन्।

    images

    बस कुरिरहेका उनीहरुले चाल चल्छन्। युवतीलाई मोटरसाइकलमा घर छाडिदिने भन्छन्।

    पल्लो गाउँका चिनेजानेका ती युवकहरुसँग अभिभावकले मोटरसाइकलमा पठाउँछन्। अभिभावक घर पुग्दा युवती भेटिन्नन्। उनी नजिकैको गाउँमा गम्भीर हालतमा भेटिन्छिन्।

    युवकहरुले नाबालिगक युवतीमाथि बलात्कार गरेको थाहा हुन्छ। युवतीले आफूमाथि ती युवकले बलात्कार गरेको आरोप लगाउँछिन्। युवतीका परिवार गाउँलेसहित मिलेर युवकहरुको घर घेर्छन।

    images

    भीडले दुवै युवकलाई घरबाट थुत्छ। उनीहरुलई जिउँदै आगो लगाइन्छ। घटनामा एकजनाको मृत्यु हुन्छ। अर्को घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइन्छ। यो घटना भारतको झारखण्डको बाँसु गाउँमा बुधबार राति भएको हो।

    images

    सुनिर ओराओन नामका युवकको मृत्यु भइसकेको छ।

    अर्का आरोपीको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

    युवतीले सदर प्रहरी चौकीमा बलात्कारको आरोपपत्र दर्ता गरेकी छिन्।

    उनलाई स्वास्थ्य जाँचका लागि पठाइएको छ। -एजेन्सी

    images
    images

    प्रकाशित :जेठ २७, २०७९ शुक्रवार - ०९:३६:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij