• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


खोटाङको बाहुनीडाँडामा कालाजारका बिरामी भेटिए

खोटाङको बाहुनीडाँडामा कालाजारका बिरामी भेटिए

images

प्रभाव न्यूज

२० चैत्र २०७८
  • 18.1K
    SHARES
  • images
    खोटाङको बाहुनीडाँडामा कालाजारका बिरामी भेटिए
    images
    images
    images

    खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका एक बिरामी भेटिएका छन्।

    images

    बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउन हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ६ दिने अभियानका क्रममा एक जनामा कालाजार पुष्टि भएको हो।

    खोटाङ प्रवेशद्धारका रुपमा रहेको जयरामका ९२ जनाको रगत परीक्षणका क्रममा उनलाई पोजिटिभ देखिएको हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए। यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार पुष्टि भएका बिरामीको संख्या चार पुगेको छ। गत साउनयता बाहुनीडाँडामा दुई जना र झाप्पामा एक जना कालाजारका बिरामी भेटिइसकेका छन्।

    कालाजार फैलिएको आशंकामा बाहुनीडाँडाको जयराम, कदुवा र झाप्पामा १४ देखि १९ चैतसम्म समुदायमा आधारित अभिमुखीकरण सञ्चालन गरिएको हो। साथै दुई सय ४७ जनाको रगत परीक्षण पनि गरिएको थियो ।

    images

    कालाजारको पीसीआर परीक्षणका लागि जयरामका ९२ जना, कदुवाका ७८ जना र झाप्पाका ७७ जनाको नमूना संकलन गरेर आइतबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको स्वास्थ्य शाखाका सह–संयोजक घिमिरेले बताए। दोश्रो चरणमा कालाजारको बिरामी पत्ता लगाउन जिल्ला अस्पतालसँगको सहकार्यमा बाहुनीडाँडामा रगत परीक्षण गर्ने योजना बनाइएको छ।

    images

    तेश्रो चरणमा हलेसी तुवाचुङ नगरपालिका र दुधकोसी पारी पर्ने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकासँगको सहकार्यमा खाल्डाखुल्डीमा किटनाशक विषाधि स्प्रे गर्ने योजना बनेको सह–संयोजक घिमिरेले बताए। बाहुनीडाँडाको विभिन्न बस्तीमा साउन २०७७ यता कालाजार देखा परेको हो । आर्थिक वर्ष २०७६र०७७ मा चार जनालाई र आर्थिक वर्ष २०७७-०७८ मा एक जनालाई कालाजार पुष्टि भएको थियो।

    जिल्लामा कालाजार भएको पुष्टि गर्ने सुविधा र प्रविधि नभएकाले कालाजार भएनभएको पुष्टि गर्न अन्यत्र जानुपर्ने बाध्यता छ। तराईमा लाग्ने कालाजार पछिल्लो समय पहाडतिर देखा पर्न थालेको स्वास्थ्यकर्मी बताउँछन् कालाजारको समस्या देखिएको बाहुनीडाँडा दुधकोसी किनारमा पर्छ। मध्यपहाडी लोकमार्गले छोएको तथा तराईसँग सिधा सम्पर्क रहेको बाहुनीडाँडाबाहेक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका तटिय क्षेत्रमा समेत कालाजारको समस्या देखिएको छ।

    स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाले पनि केही समयअघि भोजपुर, खोटाङ, ओखलढुंगा लगायतका पहाडी क्षेत्रमा कालाजार देखा परेको जनाएको थियो।

    कालाजार लागेपछि ज्वरो आउने, मान्छे दुब्लाउँदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्ते कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन् ।

    images
    images

    प्रकाशित :चैत्र २०, २०७८ आइतवार - २०:०५:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij