• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु

images

प्रभाव न्यूज

१८ माघ २०७७
  • 24.3K
    SHARES
  • images
    सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु
    images
    images
    images

    सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ।

    images

    क्युवामा स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो।

    हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ।

    मन्त्रालयले दुर्घटनाबारे छानबिन गर्न आयोग निर्माण गरेको बताएको छ भने मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन।

    images

    क्युवामा यस पहिले सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो भने एक जनालाई जीवितै उद्धार गरिएको थियो।

    images

    त्यस पहिले सन् २०१७ मा क्युवाली सैन्य हेलिकोप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो।

    images
    images

    प्रकाशित :माघ १८, २०७७ आइतवार - ०७:२५:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij