एक यात्रुवाहक बसमा आगलागी भएको छ। पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार क्यामरुनमा बसमा समेत आगलागी भएको हो ।
आगलागीबाट क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ। २९ जना गम्भीर घाइते भएका छन् ।
सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो ।