• बिहिवार, कार्तिक १३ गते २०८३

TRENDING :

Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते


खुल्यो इजरायलमा रोजगारी, अब यसरी नेपालीहरु जान पाउने

खुल्यो इजरायलमा रोजगारी, अब यसरी नेपालीहरु जान पाउने

images

प्रभाव न्यूज

१२ श्रावण २०७८
  • 24.1K
    SHARES
  • images
    खुल्यो इजरायलमा रोजगारी, अब यसरी नेपालीहरु जान पाउने
    images
    images
    images

    असार १२, काठमाडौं -  वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।

    images

    लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन्।

    सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिकको आवेदन खुला गरेको छ ।

    सूचनामा ३०० पुरुष र ७०० महिला कामदारले रोजगारीको अवसर पाउने र तिनका लागि मासिक तलव ५३०० एनआईएस (रु एक लाख ९३ हजार) तोकिएको र तलब सातामा ४२ घण्टाको हिसाबमा प्रदान गरिने जनाइएको छ।

    images

    सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५०० कामदार पठाउने समझदारी गरेको थियो।

    images

    इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध रोजगारमा जाने करार अवधि एक वर्षको हुने भए पनि करार थपेर पाँच वर्षसम्म बस्न पाइने जाइएको छ।

    आवेदनको मापदण्ड आवेदन दिनेहरु विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।

    रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेमा उनीहरूको उचाइ कम्तीमा एक दशमल पाँच मिटर र ४५ किलो तौल भएको र कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी तालिम लिएको वा १० जोड दुई सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालीम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिना तालीम लिएको हुनुपर्ने जनाइएको छ।

    images
    images

    प्रकाशित :श्रावण १२, २०७८ मंगलवार - १२:५८:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij