• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


पूर्वाग्रही मनस्थितिले अनर्गल प्रचार गरी समाजलाई आतंकित बनाइयो : मेयर राई

पूर्वाग्रही मनस्थितिले अनर्गल प्रचार गरी समाजलाई आतंकित बनाइयो : मेयर राई

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 33.4K
    SHARES
  • images
    पूर्वाग्रही मनस्थितिले अनर्गल प्रचार गरी समाजलाई आतंकित बनाइयो : मेयर राई
    images
    images
    images

    कोरोना भाइरस हलेसीमा मात्र पहिलो पटक देखा परेको होइन कोरोना भाइरस (कोभिड – १९) ।

    images

    यो रोग विश्वभरी महामारीकोरुपमा फैलिएको छ । हालसम्म औषधि पत्ता नलागेका कारण यो रोगले विश्वलाई नै आतकिंत बनाएको छ ।

    यहि रोगका कारण नेपाल पूर्णरुपमा लक डाउनको अवस्थामा छ । लाखौं सर्वसाधरण लक डाउनको प्रत्यक्ष मारमा परेका छन् । गरिव निमुखा र दैनिक ज्यालादारी गर्ने मजदुरको रोजीरोटी खोसिएको छ ।

    यहिक्रममा अफ्ठयारोमा परेका नागरिकहरुलाई, नगरपालिकाको आह्वानमा सर्वदलीय, सर्वपक्षीय निर्णय गरेर काठमाण्डौमा पनि सर्वदलीय संयन्त्र बनाएर खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैसाख १२ गते बसमार्फत आफ्ना नागरिकलाई उद्धार गरि ल्यायो । नगरपालिका र जनप्रतिनिधिले लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकलाई ल्याएर उद्धाहरणीय कार्य गरेका थिए ।

    images

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित स्थानबाट आएका जो कोही मानिसमा १४ दिनसम्म कोरोना भाइरसको लक्षण देखापर्ने भनेको छ । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एकजना २० वर्षीय युवामा प्रभावित स्थानबाट आएको २६ दिनपछि कोरोना संक्रमण पुष्टि भयो ।

    images

    बैशाख १२ गते महादेवस्थानमा आएर १४ दिन होम क्वारेन्टाइनमा बसेका २४ जनाको पिसिआर परिक्षण गर्दा जेठ ५ गते ति व्यक्तिमा कोरोना संक्रमण भेटिएको थियो । ति युवामा २६ दिनपछि कोरोना संक्रमण पुष्टि भयो ।

    कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अनावश्यक टिका टिप्पणी भए । यीनै विषयमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईसँग गरिएको कुराकानी प्रस्तुत छ :

    एक जनामा कोरोना संक्रमण देखिएपछि नागरिक त्रसित भएको हो ?

    त्रसित त स्वाभिक रुपमा भएकै छन, हुन्छन नै । तर, यो त्रसित भएको भन्दा त्रसित र भयभित बनाउने काम बढी भएको छ । वास्तवमा त्यति धेरै त्रसित छैन । किनभने, कोरोना रोग यहाँ मात्रै देखा परेको हैन, नौलो पनि हैन ।
    विगत २, ३ महिनादेखी कोरोना रोकथाम तथा नियन्त्रणका लागि हामी सवै तह तप्काबाट यसको विरुद्धमा लागिरहेका छौ, लडिरहेका छौ । त्यसो हुनाले कोरोनासँग आतिनु पर्ने, तर्सनु पर्ने धेरै कारण छ जस्तो लाग्दैन । तर, अलि अत्याउने, भयभित बनाउने, त्रसित बनाउने काम चाँहि केही अमुख व्यक्तिहरुबाट भइरहेको छ । त्यस्तो चाँहि आत्तिहाल्नुपर्ने अवस्था छैन । पुर्वाग्रही साँधेर अनर्गल प्रचार गरी समाजलाई आतकिंत बनाउने कार्य भयो ।

    स्थानीय सरकार के गर्दै छ ?

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सम्पूर्ण काम गरिरहेका छौ । विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि र स्वास्थ्यकर्मीलाई आवश्यक औषधि र स्वास्थ्य सामग्रीहरु तयारी गरेका छौ । प्रहरी प्रशासनसँग समन्वय गरेका छौ । कोरोना भाइरसको संक्रमित व्यक्ति फेला परेपछि अनिश्चितकालका लागि नगरपालिका सिल गरिएको छ ।

    कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ कहाँ पुग्यो ?

    कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काममा हामी करीव करीव अन्तिम चरणमा पुगिसकेका छौ ।

    कोरोना संक्रमित युवाको स्वास्थ्य अवस्था बुझ्नु भएको छ ?

    उहाँलाई थप उपचारका लागि पठाउँदा भौतिक रुपमा भेटघाट गरेको हो । यहाँबाट विराटनगर पठाउँदासम्म उहाँमा कोरोना भाइरसको कुनै पनि लक्षण देखिएको छैन । उहाँ निरोगी हुनुहुन्छ, स्वस्थ्य हुनुहुन्छ ।

    आजै पनि उहाँसँग मेरो टेलिफोनबाट कुरा भएको थियो । उहाँ चाँहि के कुरामा त्रसित हुनु भएको छ भने, “म, हरेक हिसाबले ठिक छु । मलाई त्यस्तो केही पनि समस्या छैन, कुनै पनि संक्रमण देखा परेको छैन । बरु यहाँ आइसकेपछि मलाई शंका हुन थाल्यो किनभने अरु संक्रमित विरामीहरु यहि भएकाले सँगै बस्नुपर्ने, सँगै खानुपर्ने, एउटै शौचालय, धारा प्रयोग गर्नुपर्ने भएकाले त्यहाँ चाँहि बरु शंका भयो भन्ने कुरा छ उहाँको ।”

    नगरपालिका सिल गरिएको छ । यसले के फाईदा गर्‍यो ?

    नगरपालिका सिल गरिसकेपछि अहिले आवतजावत ठप्प गरेका छौ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले एक संक्रमित ब्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सर्ने भएको हुँदाखेरी सामाजिक, धार्मिक र विभिन्न काममा भेला, जम्मा हुँदा अलिक सक्रिय हुने र एकबाट अर्कोमा सर्ने भएकाले हामीले अहिले सामाजिक, धार्मिक र सवैखाले भेटघाटलाई बन्द गरेका छौ । त्यसो हुँदा रोगको संक्रमण फैलिन क्रम न्यून हुन्छ भन्ने हामीले आशा गरेका छौ ।

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १५:५७:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij