• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन गरेर स्वास्थ्य परिक्षण गर्न सुरु गर्‍यौ : नगर प्रमुख राई

विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन गरेर स्वास्थ्य परिक्षण गर्न सुरु गर्‍यौ : नगर प्रमुख राई

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 26.8K
    SHARES
  • images
    विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन गरेर स्वास्थ्य परिक्षण गर्न सुरु गर्‍यौ : नगर प्रमुख राई
    images
    images
    images

    खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले नगर क्षेत्र पूर्णरुपमा ‘लक डाउन’ भएको बताएका छन् ।

    images

    सर्वसाधरणलाई अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन आज विहानै देखी माइकिङमार्फत भनिएकोले पनि नगर क्षेत्र पूर्णरुपमा ‘लक डाउन’ भएको राईले जानकारी दिए ।

    महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाकै अति संवेदनशिल क्षेत्र मानिएको हलेसीमा सर्वसाधरणलाई बिना काम बाहिर हिडडुल गर्न बन्द गराएको राईको भनाई छ ।

    एक हप्ताको अवधिमा जिल्ला बाहिरबाट गाउँ फर्केका तथा बैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क संकलन गरेर स्वास्थ्य परिक्षण गर्न सुरु गरिएको राईले प्रभाव न्यूजलाई जानकारी दिए ।

    images

    नगरभित्र रहेका स्वास्थ्य संस्था तथा स्वास्थकर्मीलाई पनि हाई अलर्टमा राखिएको राईले बताए ।

    images

    कोरोना रोकथाम र सजगता अपाउन नगरवासीलाई अनुरोध समेत गरिएको उनको भनाई छ ।

    अत्यावश्यक अवस्थाबाहेक सकेसम्म घरबाट बाहिर ननिस्कन, सरसफाई र खानपानमा ध्यान दिन, भेला तथा जमघटमा सहभागी नहुन अनुरोध पनि गरिएको राईले बताए ।

    यस्तै कोरोना भाइरसको कसैमा शंकास्पद लक्षण देखिए तुरुन्त स्वास्थ संस्थामा जान र अफवाहको पछि लागेर त्रसित नहुन समेते नगरवासीलाई अनुरोध गरिएको राईले जनाए ।

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १५:५५:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij